राजनीति

सर्वोच्च अदालतको परमादेशप्रति जसपा नेपालद्वारा सम्मान



काठमाडौँ, ४ भदौ । जनता समाजवादी पार्टी नेपालले सर्वोच्च अदालतबाट आएको आदेशप्रति सम्मान रहेको बताएको छ ।

सो पार्टीका प्रवक्ता मनिष सुमनले आज एक प्रेस विज्ञप्ति जारी गरी गौर घटनासम्बन्धी हालै सर्वोच्च अदालतबाट जारी आदेशलाई लिएर सन्चारमाध्यममा आएको समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । 

विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतबाट आदेशको पूर्णपाठ वा संक्षिप्त आदेश नै नआउँदै सर्वोच्च अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रूपमा रहँदै नरहेको यो राजनैतिक दल तथा यसका अध्यक्ष ज्यूलाई लक्षित गर्दै सम्प्रेषण भएको समाचार पूर्णरुपमा पूर्वाग्रही, भ्रामक तथा सस्तो लोकप्रियताका लागि नियतवश सम्प्रेषण गरिएको हुँदा त्यस कार्यप्रति भर्त्सना समेत गर्दछौँ ।’