काठमाडौँ, ५ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालयको तहको स्वास्थ्य शिक्षा पुनः अनिवार्य बनाउन समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ ।
२०७७ सालपछि कक्षा १०, ११ र १२ मा स्वास्थ्य शिक्षालाई ऐच्छिक बनाइएपछि स्वास्थ्य शिक्षाको पढाइ प्रभावकारी नभएको सङ्केत सतहमा आएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गरेका छन् ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ सालमा कार्यान्वयनमा आएसँगै अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा हटाएको थियो । यो विषय ऐच्छिक भएसँगै यो सामुदायिक विद्यालयको रोजाइमा पर्न सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्