काठमाडौँ, ७ भदौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले न्यायपालिका अहिले गम्भीर सङ्कटमा फसेको बताएका छन् ।
राजनीतिक अस्थिरतासँगै राज्यका अन्य अङ्गहरूको पुनर्संरचना र रूपान्तरण नहुँदा विकास र समृद्धि तीव्र गतिमा हुन नसकेको बताएका छन् । उनले अझ गम्भीर रूपमा अदालतलाई राजनीतिक स्वार्थ, बदला र प्रतिशोध पूरा गर्ने औजारको रूपमा प्रयोग भइरहेको टिप्पणी समेत गरेका छन् ।
यस्तो अवस्थाले निर्दोषहरू जेल जानुपर्ने, सम्पत्ति गुमाउनु पर्ने र न्याय वञ्चित हुने अवस्था सिर्जना गरेको उनको भनाइ छ । उनले न्यायपालिकामा बसेका जिम्मेवार पदाधिकारीहरूले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता समेत औँल्याए ।
उनले सामाजिक सञ्जालमार्फत भने, “न्यायको खोजीमा अदालत पुगेको कुनै पनि नेपालीले सम्पर्क, पहुँच वा घुस बिना न्याय पाउने अवस्था छैन । न्यायाधीशहरूले आफ्ना पदीय वा निजी स्वार्थका निम्ति सरकारको राजनीतिक नेतृत्वसँग इच्छाअनुसार मुद्दा फैसला गरिदिने प्रवृत्ति देखिनु चरम लज्जाको विषय हो ।”










प्रतिक्रिया दिनुहोस्