लन्डन, ९ भदौ । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीहरूलाई आह्वान गरेका छन् ।
लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औँ नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका हुन् ।
घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहेता पनि १० वर्ष सम्म कानुन बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । घिसिङले सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउँदै गोर्खा सैनिकहरूको माग जति सक्दो चाँडो पुरा गर्न आग्रह पनि गरे ।
‘अब थप ढिला नगरीकन यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने, ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल मर्म अनुरूप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन छ ।’










प्रतिक्रिया दिनुहोस्