Uncategorized

बर्दियाबाट ४८ लाख बराबरको भेप बरामद



बर्दिया, ९ भदौ । बर्दियाको मधुवन नगरपालिका–५ स्थित फुलराम चोकबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा भेप बरामद गरेको छ ।

सोमबार बिहान करिब ४८ लाख मूल्य बराबरको इलेक्ट्रिक भेप बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । साइकलमा राखेर भारत लैजान लागेको अवस्थामा प्रहरीले ८ कार्टुन भेप सशस्त्रले बरामद गरेको हो । भेपको सङ्ख्या १ हजार ९२० थान छ ।  भेप तस्करीमा संलग्न आरोपी फरार छन् ।