काठमाडौँ, १० भदौ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीज पर्वले पारिवारिक तथा सामाजिक सम्बन्ध विस्तार गर्नुका साथै महिला अधिकार, सशक्तीकरण र समानताका लागि एकजुट हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
हिन्दु धर्मावलम्बी नेपाली महिलाको विशेष चाड तीज पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त आमा तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरे ।
उनले भनेका छ, “तीज आआफ्ना माइतमा आमा बुवा, दिदीबहिनी, दाजुभाइ, साथीसङ्गीसँग भेटघाट गर्ने, नाचगान गरी रमाइलो गर्ने, सुख दुःख साट्ने र पुराना सम्बन्ध पुनः ताजगी गर्ने तीज महिलाको सांस्कृतिक पर्व हो ।”










प्रतिक्रिया दिनुहोस्