काठमाडौँ, १२ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा पहिरो खसेपछि काठमाडौँ –मुग्लिङ सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको छ ।
पछिल्लोपटक आज बिहान साढे तीन बजेतिर पहिरो खसेर दुईतर्फी सडक अवरुद्ध भएको हो । सोही स्थानमा गएराति पनि एकपटक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
राति खसेको पहिरो पन्छाएर केही घण्टा सवारी साधन चले पनि आज बिहान पुन: खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्