राजनीति

सात दिनभित्र सामाजिक सञ्जाल सूचीकरण गर्न सरकारले निकाल्यो सूचना



काठमाडौँ, १२ भदौ । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै हालसम्म सूचीकरण नभएका स्वदेशी वा विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई तोकिएको समयसीमाभित्र मन्त्रालयमा सम्पर्क गरी सूचीकरण गर्न आग्रह गरेको छ ।