समाचार

पशुपतिको सतलमा एक महिला मृत फेला



काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिका–८ पशुपतिमा एक महिला मृत भेटिएकी छिन् ।

प्रहरीका अनुसार पशुपति आर्यघाट नजिकैको सतलमा अन्दाजी ४५ वर्ष जतिकी महिला । आज बिहान मृत फेला परेकी हुन् ।

मृत भेटिएकी महिलाको अहिलेसम्म नामथर खुल्न सकेको छैन । मृत भेटिएकी महिलाको परिचय नखुलेकाले थप अनुसन्धानको काममा असहज भएको प्रहरीले बताएको छ ।