काठमाडौँ, १३ भदौ । सामाजिक सञ्जालमार्फत ठगी गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भई हाल काठमाडौँ कपन बस्ने २७ वर्षीय रवि लामालाई पक्राउ गरेको हो ।
लामाले फेसबुक, ह्वाट्सएप, टिकटकलगायतका प्लेटफर्ममा नक्कली आईडी प्रयोग गरी साथी बनाउने, उपचारमा सहयोग गर्ने वा रोजगारी दिलाउने भन्ने झुटा आश्वासन दिई रकम ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बुधबार चाबहिल गणेशस्थान क्षेत्रबाट पक्राउ गरेको हो । लामालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्