काठमाडौँ, १३ भदौ । भूमिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित गरेको हो । विवादले घेरिएको विधेयक सत्तारूढ नेपाली कांग्रेसका सांसदहरूको संशोधन समेटिएपछि समितिबाट पास गरिएको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले विधेयकमा सांसदहरूका ७० प्रतिशत संशोधन समेटिएको बताए । “अहिलेसम्म आएका विधेयकमा सबै माननीयले राखेको ७० प्रतिशत संशोधन परेको छ,” उनले भने, “विधेयकमै नराखिएको कुरा राखेन भन्न त मिलेन नि ।”










प्रतिक्रिया दिनुहोस्