काठमाडौँ, १४ भदौ । आज २०८२ साल भदौ १४ गते शनिबारको राशिफल ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला, दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक कामहरू प्रभावित हुनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुःख पाइनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । तर पनि यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । तर पनि गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो समयदेखि रोकिएका कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । आफन्त तथा मावलीको सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसहेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । तर पनि अध्ययन तथा खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा गरेका लगानी फस्टाएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यापारमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । यात्रा, खानपान तथा मनोरञ्जनमा केही समय खर्च हुनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । व्यापारबाट नाफा कमाउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कुनैपनि आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तर पनि काम तथा अध्ययनको सिलसिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छाआकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यको दायराभित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । चलचित्र हेर्न वा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ । आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थ यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी दिन उत्तम रहेको छ ।










प्रतिक्रिया दिनुहोस्