राजनीति

सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो: मन्त्री राणा



काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७/१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा उहाँले सुदूरपश्चिम प्रदेश प्रकृतिको सुन्दरताले भरिपूर्ण र प्राकृतिक स्रोत एवं सम्पदाले सम्पन्न रहेकाले यस क्षेत्रमा लगानी गरेर मुनाफा कमाउन वैदेशिक लगानीकर्तालाई आग्रह गर्नुभयो ।

मन्त्री डा. राणाले भन्नुयो “सुदूरपश्चिम प्रदेश नेपालकै समृद्धिको प्रवेशद्वार हो । यहाँ जलविद्युत् एवं नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सिमापार व्यापार, सहरी पूर्वाधार, सूचना प्रविधि र डिजिटल पूर्वाधार, खानी र प्राकृतिक स्रोतमा आधारित उद्योगहहरुको प्रसस्त सम्भावना छ । त्यसैले म स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आह्वान गर्दछु ।” कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत एवं प्रतिनिधिसमेत उपस्थित थियो ।