काठमाडौँ, २२ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले व्यावसायिक र तटस्थ निजामती सेवाको अभावमा कुनै पनि राष्ट्रको शासन पद्धति प्रभावकारी बन्न नसक्ने बताएकी छन् ।
२२ औं निजामती सेवा दिवस–२०८२ को अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री न्यौपानेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सक्षम, पारदर्शी, जवाफदेही र सेवाग्राहीमैत्री प्रशासन अपरिहार्य रहेको उल्लेख गरिन । उनले सूचना प्रविधिको युगमा निजामती कर्मचारीले प्रविधिमैत्री, नागरिक केन्द्रित, सरल र छिटो सेवा दिनु अनिवार्य रहेकोमा जोड दिएकी छन् ।
मन्त्री न्यौपानेको शुभकामना सन्देशमा लेखिएको छ, ‘आजको युगमा विश्व तीव्र गतिमा रुपान्तरण भइरहेको छ । डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, बिग डाटा र नवप्रवर्तनशील उपायहरुको उपयोग नगरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिँदैन । निजामती सेवाले प्रविधिमैत्री, नागरिक केन्द्रित र छरितो सेवा प्रणालीमार्फत नागरिकलाई छिटो, सरल स्पारदर्शी सेवा दिनु अनिवार्य बनेको छ ।’










प्रतिक्रिया दिनुहोस्