काठमाडौँ, २२ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १२ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला २५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्