Banner News

जेनजीको प्रदर्शनलाई बालेन शाहको समर्थन



काठमाडौँ, २२ भदौ । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् ।

उनले सञ्जालमार्फत जानकारी गराउदै उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको इ आफ्नो समर्थन रहेको बताएका छन् ।

बालेनले भनेका छन्, ‘भोलीको र्‍याली स्पष्ट  स्वस्फूर्तरुपमा Zen G को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ,’ ‘भोलि यो स्वतफुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’

उनले थप प्रश्न पनि गरेका छन्, ‘प्रिय Zen G भन्नुस् तपाईँ हरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’