काठमाडौँ, २३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन्जीको आक्रोश स्वाभाविक भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध गर्न लागेको प्रदर्शन स्वाभाविक भएको बताए । उनले जेन्जीले आज गर्न लागेको प्रदर्शनलाई स्वाभाविक भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाथि गरिएको अवरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै कडा आपत्ति जनाएका छन् ।
प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ । प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ ।”










प्रतिक्रिया दिनुहोस्