Banner News

गगन थापाले मागे प्रधानमन्त्रीको राजीनामा



काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीमाथि भएको दमनपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।  

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै थापाले यो परिस्थितिमा नेपाली कांग्रेस सरकारमा बसिरहनु उचित नभएको भन्दै सरकारबाट तत्काल फिर्ता हुनुपर्नेमा जोड दिएका हुन्।

उनले लेखेका छन्, ‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिङ्गो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ।

अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनुहुँदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।’