काठमाडौँ, २४ भदौ । जेनजीको आन्दोलन बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।
पौडेलले मंगलबार पदबाट राजीनामा दिएका हुन् । यसअघि गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले राजिनामा दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्