समाचार

लुटपाटमा संलग्न २७ जना पक्राउ



काठमाडौँ, २५ भदौ । आन्दोलनको नाममा लुटपाट गर्ने २७ जनालाई सेनाले नियन्त्रणमा लिइको छ ।  

आन्दोलनका नाममा अनुचित फाइदा उठाउने काठमाडौँ र भक्तपुरका विभिन्न स्थान राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटेल हायातबाट लुटपाट गर्ने कार्यमा संलग्न २७ जना पक्राउ परेका हुन् । 

लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने, अराजक गतिविधि देखिएमा नेपाली सेनाको हटलाइन ९८६३०२९०२९ को ह्वाट्सएप तथा भाइबरमा मेसेज पठाउन नेपाली सेनाले आग्रह गरेको छ । 

नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ । मान्छे भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो ।
   
सेनाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन पनि अनुरोध गरेको छ । अत्यावश्यक सेवाहरू भने सुचारु हुने सेनाको भनाइ छ ।