अर्थ

आइतबारसम्मका लागि सेयर बजार बन्द



काठमाडौँ, २५ भदौ । सेयर बजार आइतबारसम्म बन्द हुने भएको छ ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बुधबार र बिहीबारका लागि बजार बन्द गर्ने निर्णय भएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । 

शुक्रबार र शनिबार भने नेप्सेको कारोबार नियमित रूपमै बन्द रहनेछ । सोही कारण बजारमा सो दिनपछि मात्रै कारोबार सुरु हुनेछ । मंगलबार समेत बजारमा कारोबार भएको थिएन ।