काठमाडौँ, २५ भदौ । नेपाल टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ ।
यो सेवा हिजो रातिदेखि सक्रिय भएको हो । नेपाल टेलिकमका अनुसार यो विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि प्रदान गरिएको हो ।
यो सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी लिन सक्नेछन् ।
यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएस मार्फत पठाइएको छ ।










प्रतिक्रिया दिनुहोस्