काठमाडौँ, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफू हर प्रयासमा रहेको बताएका छन् ।
उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा एक लिखित सम्बोधनमार्फत् उनले भनेका छन्, “देशको अहिलेको विषम् परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवम् हर प्रयास गर्दैछु । आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन संयमतापूर्वक मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।”










प्रतिक्रिया दिनुहोस्