राजनीति

६ महिला संगठनहरूको संयुक्त विज्ञप्ती: विदेशी हस्तक्षेप सम्भावनाबारे गरायो सचेत



काठमाडौँ, २७ भदौ । विभिन्न पार्टी निकट महिला संगठनहरूले देशको पछिल्लो आन्दोलनलाई शान्तिपूर्ण र लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

महिला संगठनहरूले जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २३ गतेदेखि देखिएका आगलागी, तोडफोड र हिंसात्मक गतिविधिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । विज्ञप्तिमा संसद् भवन, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेश र स्थानीय तहका कार्यालय तथा निजी व्यवसायिक प्रतिष्ठानमाथि भएको आक्रमणप्रति दुःख प्रकट गरिएको छ ।

महिला संगठनहरूले सामाजिक असामाजिक तत्त्वहरूको प्रवेश, महिला माथि हुने आक्रमण, विदेशी हस्तक्षेप र धार्मिक विद्वेषपूर्ण प्रचार–प्रसारको सम्भावनाबारे पनि सचेत गराएका छन् ।