काठमाडौँ, २७ भदौ । जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट बुधबार बिहान भागेका १३१ कैदीबन्दीलाई आज दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भागेका मध्ये ११४ जना कपिलवस्तुबाट र अन्य १७ जना अन्य जिल्लाबाट नियन्त्रण लिइएको हो ।
कारागारमा रहेका कुल ४७० जनामध्ये २८ जना बाहेक अन्य कैदी तोडफोड गर्दे भागेका थिए । अन्य फरार रहेका कैदीबन्दीहरूको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्