काठमाडौँ, २७ भदौ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बना भएको बताउनुभएको छ ।
आज शितलनिवासमा जेनजीको माग बमोजिम अन्तरिम सरकारको प्रमुख पूर्वन्यायाधिस शुसिला कार्कीलाई बनाउने र वर्तमान संसद विघटन गर्ने सहमति भएको छ ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौं, खबरदारी गरौं ।’
12 September 2025 20:13 PM










प्रतिक्रिया दिनुहोस्