काठमाडौँ, २८ भदौ । नेपाल बार एशोसिएशनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको बताएको छ ।
बारले राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबा प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने निर्णय स्वेच्छावादी र संवैधानिक सर्वोच्चताको प्रत्यक्ष उल्लङ्घन रहेको जनाउदै कडा भर्त्सना गरेको छ ।
बारले यस कदमले नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो संघर्षलाई कमजोर पार्ने चेतावनी दिंदै लोकतन्त्र, गणतन्त्र र समावेशितासहितको संघीयतालाई खोस्ने प्रयास भएको आरोप लगाएको छ।











प्रतिक्रिया दिनुहोस्