राजनीति

काठमाडौँ महानगरअन्तर्गतका विद्यालय आजदेखि खोल्न निर्देशन



काठमाडौँ, २९ भदौ । काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित विद्यालय आज (भदौ २९)देखि खोल्न निर्देशन दिइएको छ । तर, यस दिन पठनपाठन नगर्न महानगरले भनेको छ ।

“सबै शिक्षक तथा कर्मचारीहरू मिति २०८२।०५।२९ गते आइतबारदेखि विद्यालयमा उपस्थित हुने, तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाउने,” महानगरको शिक्षा विभागले शनिबार (भदौ २८) जारी गरेको सूचनामा भनिएको छ ।

यस दिन विद्यालयको प्रशासनिक कार्यका साथै सरसफाइ गर्न भनिएको छ । विद्यालयमा कुनै प्रकारको क्षति देखिएमा महानगरमा विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।

“विद्यार्थीका अभिभावकहरूसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्ने,” महानगरको सूचनामा उल्लेख छ ।