Banner News

शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने



काठमाडौँ, ३० भदौ । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।

यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् । मृतकको शव व्यवस्थापनका निम्ति निःशुल्क सवारीसाधन र दुर्गम क्षेत्रका लागि हेलिकोप्टर उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।