राजनीति

प्रधानमन्त्री कार्की र सन्दुक रुइतबीच छलफल



काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् ।

आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् । जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने बताए । तर, आफू सरकारमा सहभागी हुन नसक्ने जवाफ उनले दिएका बुझिएको छ ।

छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।