राजनीति

हर्क साम्पाङलाई बालेनले भने– म तिमीलाई माया गर्न छोड्दिनँ



काठमाडौँ, ३१ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् । 

उनले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’