समाचार

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने



काठमाडौँ, ३१ भदौ । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

आज काठमाडौँको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्बद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम शुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् ।

जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू विदा हुने र उनीहरूको घर जाने क्रम शुरु भइसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णयमा पुगिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

दशैंका लागि घर जानेहरूले ३-४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको छ ।