चितवन, १ असोज । लायन्स क्लबले चितवन जिल्ला प्रशासन कार्यालयलाई डेक्सटप कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आरले जेन-जी प्रदर्शनका क्रममा आगलागी भएर क्षतिग्रस्त भएका कार्यालयहरूलाई सेवा सुरु गर्न सहज होस् भनेर मंगलबार १५ वटा डेक्सटप कम्प्युटर र पाँचपटा प्रिन्टर सहयोग गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आरका डिष्ट्रिक गभर्नर नवराज सापकोटले पाँच लाख १० हजार रूपैयाँका सामग्रीहरू हस्तान्तरण गरेको बताए ।
जेन–जी प्रदर्शनको दोस्रो दिन भदौ २४ गते दिउँसो चितवनमा अदालत, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय लगायत ८० भन्दा धेरै कार्यालयहरू प्रदर्शनकारीले आगो लगाएर क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्