अर्थ

भिन्डीको मूल्य बढ्यो



काठमाडौँ, ३ असोज । बजारमा भिन्डीको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भिन्डीको थोक (होलसेल) भाउ बढेको हो ।

आज शुक्रबार भिन्डीको भाउ थोकमा किलोको १२ रुपैयाँ बढेर ८१ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भिन्डी प्रतिकिलो ६९ रुपैयाँमा किनबेच भएको थियो ।