समाचार

११ वर्षीया बालिकामाथि जबरजस्ती करणी



काठमाडौँ, ३ असोज । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने हिरा तामाङलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बिहीबार दिउँसो पक्राउ गरेको हो ।

रामेछाप घर भएका २१ वर्षीय तामाङविरुद्ध परेको उजुरीका आधारमा प्रहरी प्रभाग साँखुले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।