काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि आक्रमण हुँदा टाउकोको पछिल्लो भागमा चोट लागेको पाइएको छ ।
गर्दनभन्दा माथिल्लो भागमा लागेको चोटका कारण १२ टाँका लगाइएको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
उनले दिएको जानकारीअनुसार, हालसम्म देउवालाई उपसभापति पूर्णबहादुर खड्काले मात्र भेटेका छन् । खड्काले शुक्रबारको कार्यसम्पादन समिति बैठकअघि गरेको ब्रिफिङअनुसार, टाउकोमा लागेको चोटमा १२ वटा टाका लगाइएको छ । र, गर्दनको पछिल्लो भागमा चोट लागेको छ ।
देउवाले अस्पतालभित्र सामान्य हिँड्डुल थालेका छन् । तर, केहीबेर उभिएपछि चक्कर आउने, बोल्दाबोल्दै थाक्नेसहितका लक्षण बाँकी रहेकाले डाक्टरले तत्कालै निगरानीबाहिर जान नहुने सल्लाह दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्