काठमाडौँ, ४ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रदेश र स्थानीय सरकार पनि खारेज गरी भ्रष्ट प्रशासनमाथि कडा कदम चाल्नुपर्ने आवाज उठाएका छन्।
शनिबार काठमाडौंमा सुरु भएको आजपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै साहले हालको प्रणाली भ्रष्ट र असफल भएको बताउँदै त्यसलाई नबदली मुलुक नबन्ने बताए । सरकारमात्रै भ्रष्ट भएकाले त्यस्ता सरकारलाई खारेज गरेर संघीयता भने अझै बलियो बनाइनुपर्ने उनको भनाइ थियो । यस्तै उनले बिग्रिएको व्यवस्था भत्काउँदै भ्रष्ट नेतालाई नहटाएसम्म मुलुक नबन्ने समेत तर्क गरे ।
साहले भने, ‘मुलुकमा भ्रष्टाचार, कुशासन र दलहरुको लुटकारी प्रवृत्तिका कारण राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र धरासायी भइरहेका छन् । त्यसैले संविधान र व्यवस्था गलत भएकाले जनताको अवस्था खराब भएको स्वीकार गर्नुपर्दछ र आवश्यक परे संविधान खारेज गरेर समेत जेनजीको माग सम्बोधन गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्