गोरखा, ४ असोज । विभिन्न कारागारबाट भागेका ११ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
गोरखाको चुमनुव्री–६ चुम्चेत घर भएका सोनम दोर्जे लामा, छेवाङ लामा, सोनम ग्याल्जेन लामा र तेन्जिङ लामा, भिमसेन थापा–१ मसेलका राजेश सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु पाँचै जना भदौ २४ गते फरार भएका थिए ।
तनहुँ कारागारबाट फरार भएका सिरानचोक–४ का भरत ठकुरी, केन्द्रीय कारागारबाट फरार भएका धादिङको धुनवेशी–२ का भुवन तामाङ र बाल सुधार गृह भक्तपुरबाट फरार गोरखा नगरपालिका–९ की सुस्मा मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय कारागारबाट भागेका धनकुटाका सुमन सुन्दास र कास्की कारागारबाट भागेका पालुङटार–२ का बाबुराम नेपालीलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
कास्की कारागारबाट भागेका ६ जना, केन्द्रीय कारागारबाट फरार २ जना, तनहुँ कारागारबाट फरार २ जना र बालसुधार गृह भक्तपुरबाट फरार १ जना पक्राउ परेका हुन् । तनहुँ कारागारमा रहेका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि गोरखा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले बताए ।










प्रतिक्रिया दिनुहोस्