नेपालगन्ज, ४ असोज । नेपालगन्जमा ग्राहक र बिक्रेताबीच विवादपछि झडप हुँदा एकको ज्यान गएको छ ।
नेपालगन्ज-५ बेहनाटोलमा भएको झडपमा खसीबोका व्यापारीको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ५२ वर्षिीय जागीरअलि बेहना रहेको प्रहरीले जनाएको छ । खसीबोकाको मोलमोलाइ क्रममा विवाद बढ्दै जाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले झडपमा संलग्न भएका ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्