समाचार

घोराही–थबाङ सहिदमार्ग अवरुद्ध



काठमाडौँ, ४ असोज । रोल्पामा सडक अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार माडी गाउँपालिका–२, ब्याङखोलामा घोराही–थबाङ सहिदमार्ग अवरुद्ध भएको हो ।

आज दिउँसो करिब १ बजे उक्त स्थानमा पहिरो खसेको हो । बाटोमाथिबाट सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।