समाचार

मुग्लिङ–नारायणगढ सडक एकतर्फी सञ्चालनमा



काठमाडौँ, ६ असोज । मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि यातायात एकतर्फी सञ्चालन हुन थालेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । 

सोमबार साँझ ८ बजे पुनः पहिरो खसेपछि पहिरो रातिनैे पन्छ्याइएको हो । 

सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् ।