काठमाडौँ, ७ असोज । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको र निर्वाचनसमेत घोषणा भएको अवस्थामा समाजका विभिन्न क्षेत्रका व्यक्ति, समूह, दलका नेताबाट घृणाजन्य अभिव्यक्ति आइरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरूको मर्यादामा ठेस पुग्ने खालका घृणाजन्य अभिव्यक्ति नदिन, यस्तो अभिव्यक्तिबाट समाजमा सिर्जना हुन सक्ने हिंसात्मक अवस्थाप्रति सचेत हुन आग्रह गरेको छ ।
विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवं सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय भएको उल्लेख गर्दै यस्ता अभिव्यक्ति संयमित, मर्यादित र मानव अधिकारको मूल्यमान्यताको परिधिभित्र रहेर नगर्दा यसले हिंसात्मक कार्यलाई थप बल पुग्न जाने भएकाले त्यसो नगर्न आयोगले सबैप्रति आग्रहसमेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्