राजनीति

टिकट वितरणबारे जनमतले जनतासँग माग्यो सुझाव



काठमाडौँ, ९ असोज । सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचनको तयारीमा जुटेको छ ।

अध्यक्ष राउतले नागरिकसँग सुझाव माग्दै पार्टी निर्वाचनमा जुटेको सन्देश दिएका हुन् । उनले जनमत पार्टीलाई जति ठुलो बनाउन सक्यो जनताले त्यति अधिकार पाउने समेत दाबी गरेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको छ । 

सामाजिक सञ्जालमा राउतले भनेका छन्– ‘तपाईंको निर्वाचन क्षेत्रमा जनमत पार्टीलाई जिताउन को–कसलाई पार्टी प्रवेश गराउनु पर्छ वा कसलाई टिकट दिनुपर्छ ? सुझाव दिनुहोस् । छलफल थाल्नुहोस् । पार्टी प्रवेश गर्नेहरूको सूची बनाउनुहोस् ।’