काठमाडौँ, ९ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टीकृत भइसकेका राजनीतिक दलहरूलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन् ।
काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै उनले अब नयाँ र वैकल्पिक शक्तिहरूले देशको नेतृत्व लिनुपर्ने धारणा राखे ।
उनले भने, “पूरा भ्रष्टिकृत भइसकेका राजनीतिक दलहरू अब कुनै पनि बहानामा किन्तु परन्तु नगरिकन फेरि टाउको उठाउन दिनुहुँदैन । अब नयाँ र वैकल्पिक शक्तिहरू आएर नै देशको नेतृत्व लिनुपर्छ,”।
उनले जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकार युवापुस्ताप्रति प्रतिबद्ध हुनुपर्ने पनि बताए । उनले अहिले सरकार राजनीतिक दलहरूसँग ढल्किए इतिहासले लेखाजोखा गर्ने चेतावनी पनि दिए ।
मुलुकको शासकीय सुधार गर्दै दिगो विकासको बाटोमा लैजान युवाहरू संस्थागत भएर अघि बढ्नुपर्नेमा उनको जोड छ ।
भट्टराईले जेनजी आन्दोलनको क्रममा सुरक्षा संयन्त्रबाट गम्भीर त्रुटि भएकोसमेत बताए । उनले सुरक्षा निकायले युवाहरूमाथि बल प्रयोग गरेको तथा मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आगजनी हुँदासमेत तमासे भएर बसेको आरोप लगाए ।










प्रतिक्रिया दिनुहोस्