काठमाडौँ, १० असोज । बडादशैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दशैँघर तथा पूजा कोठामा स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ। स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ।










प्रतिक्रिया दिनुहोस्