काठमाडौँ, १० असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू नफालेसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आगामी निर्वाचनबाट स्वच्छ युवा नेताहरुको अत्यधिक बहुमतको सरकार बनाउन आग्रह गरेका छन् । योग्य, नैतिकवान् र दृढ सङ्कल्प भएको युवा जन प्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन सङ्गठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्न पनि उनले आह्वान गरेका छन् ।











प्रतिक्रिया दिनुहोस्