काठमाडौँ, १० असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देश गम्भीर सङ्कटमा रहेको बताएकी छन् ।
आज आयोजित पत्रकार भेटघाटमा पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको घटनातर्फ संकेत गर्दै उनले भनिन्, ‘एकैदिन एकैचोटी देश खरानी भएको छ’, ‘वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ ।’ उनले जेनजीले त्यत्रो घटना कसरी गराए होलान् भनेर प्रश्न समेत गरिन् ।
‘यसरी माग पुरा होलान् र ? यो रहस्यमय घटनाजस्तो भएको छ’, उनले भनिन्– ‘यसबारेमा नेपाली समाज र नागरिकले गम्भीर छलफल र समीक्षा गर्नुपर्छ ।’
उनले मुलुक संगीन घडीमा रहेको भन्दै शान्ति र स्थिरता कायम गर्दै समयनाकूल विकास अघि बढाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिइन् । ‘हाम्रो बिचको सामूहिक भावना, सहकार्य नभई समाधान गर्न सक्दैनौ’, उनले भनिन्– ‘धेरै ठुलो सङ्कट आइलागेको छ । अराजकता कायमै छ । यसबारेमा सोच्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्