काठमाडौँ, ११ असोज । पाल्पामा बलात्कार आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार रम्भा गाउँपालिका–४ का २६ वर्षीय विवेकबहादुर पाण्डे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा बस्दै आएका अर्घाखाँचीको मालारानी गाउँपालिका–६ का २६ वर्षीय अप्रिल घर्तीमगर छन् ।
२८ वर्षीया एक महिलाको बलात्कार गरेको शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको हो । ती महिलालाई तानसेन नगरपालिका–४, होलाङ्दिस्थित होटेल मनकामनामा लगेर बलात्कार गरेको उजुरीपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्