काठमाडौँ, ११ असोज । कञ्चनपुरमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ का ५३ वर्षीय शिवराज भट्टसहितका व्यक्तिहरू छन् ।
भीमदत्त–५ मा भट्टले सञ्चालन गरेको शिवशक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नगद ५० हजार ८८८ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्