काठमाडौँ, १२ असोज । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरूको सनाखत हुन सकेको छैन ।
आज बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००,४०० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका २ महिला र २ पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
घाइते हुनेहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका ५ बस्ने ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।










प्रतिक्रिया दिनुहोस्